होमपेज / राजनीति
काठमाडौं । बालुवाटारमा भएको प्रमुख तीन नेताहरुबीचको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग सहयोग मागेका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गरेका छन्।आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले एमसीसी चुनावपछि अघि बढाउन प्रस्ताव गरेको एमाले नेता शंकर पोखरेलले जानकारी दिए।
बैठकबारे जानकारी गराउँदै एमाले महासचिव शंकर पोखरेलले एमालेले यसबारे पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने आफ्नो अडान राखेको बताए ।