ट्रेण्डिङ

होमपेज / राजनीति

बालुवाटारमा देउवा,ओली र प्रचण्डबीच भेटवार्ता

नेपालगाथा २०७८ माघ २३ गते आइतबार १६:४२:५२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । 

देउवासँगको भेटका लागि ओली र प्रचण्ड केही बेरको फरकमा बालुवाटार पुगेका हुन् ।अमेरिकी सहायता परियोजना एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको बेला तीन नेताबीच छलफल हुन लागेको हो । एमसीसीलाई देउवा र प्रचण्डले पठाएको पत्र र एमसीसीले उनीहरूलाई पठाएको पत्र सार्वजनिक भएपछि गठबन्धनमा खटपट सुरु भएको हो ।

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top