ट्रेण्डिङ

होमपेज / राजनीति

देउवा र प्रचण्डलाई अमेरिकाको पत्र :फेब्रुअरी २८ सम्म निर्णय गर्नुभएन भने अर्को कदमबारे छलफल हुन्छ

नेपालगाथा २०७८ माघ २३ गते आइतबार १५:०७:३७ मा प्रकाशित

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ ।

एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमोउद बाहले बिहीबार लेखेको पत्रमा फेब्रुअरी २८ सम्म नेपालले एमसिसी सम्झौता संसदबाट अनुमोदन नगरे मार्चमा बस्ने एमसिसी बोर्ड बैठकले सहयोगबारे अर्को कदम चाल्न छलफल गर्ने उल्लेख छ।

एमसिसीको विषयले नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेको बेलामा देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा थप गर्न माग गरेका थिए। देउवा र प्रचण्डले ६ बुँदे प्रतिबद्धतासहित अमेरिकालाई पत्र पठाएका थिए।  एमसीसीले लेखेको पत्रमा सो पत्रको स्मरण गराउँदै २०२२ को फेब्रुअरी २८ भित्र एमसीसीबारे निधोमा पुग्न आग्रह गरिएको छ ।

‘कम्याक्टको निरन्तरता नेपालको सार्वभौम छनोट हो भन्नेमा एमसीसी विश्वस्त छ । हामीले नेपाल सरकारसँग मिलेर लामो समयदेखि नेपाली जनताका लागि काम गर्दै आएका हौं । यदि नेपालका नेताहरूले एमसीसी चाहन्छन् भने नेपालको गरिबी निवारण गरी समावेशी र दिगो आर्थिक वृद्धिको लागि सहयोग गर्न तयार छौं’, पत्रमा भनिएको छ ।

सोही पत्रको जवाफमा एमसिसीले उनीहरूले मागेको पाँच महिना फेब्रुअरीमा सकिने भएकाले त्यतिञ्जेल निर्णय गर्न भनेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top