होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक तत्काल बोलाउन ११ सदस्य र दुई जना कार्यकारी बोर्डका सदस्यसहित १३ जनाले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई बिहीबार संयुक्त निवेदन दिएका छन्।
बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन् ।राखेप बोर्डमा युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहने व्यवस्था छ ।
परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरूले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।यकेन्द्रबहादुर कुँवरले पाँच महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए । राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको उनको भनाइ छ ।
सर्वोच्च अदालतको अन्योलपूर्ण आदेशले राखेपमा कार्यकारी प्रमुखको भूमिकामा रहने सदस्यसचिवको पद रिक्त रहेको दुई महिना बित्न लाग्दा उत्पन्न समस्यालाई केन्द्रित गर्दै उनीहरूले बैठक बोलाउन निवेदन दिएका हुन् ।