ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियु सुर्खेतकाे सडक बहस

नेपालगाथा २०७८ माघ १९ गते बुधबार १४:०९:११ मा प्रकाशित

सुर्खेत । सरकारलाई स्थानीय तहकाे निर्वाचनकाे मिति ताेक्नुपर्ने र निर्धारित समयमा नै चुनाब गर्नुपर्ने दबाब स्वरुप देशभरका सात वटै प्रदेशमा अनेरास्ववियुले सडक बहस गरेकाे छ । यसै क्रममा अनेरास्ववियु सुर्खेतले पनि सुर्खेतकाे वीरेन्द्रचाेकमा सडक बहस कार्यक्रम सम्पन गरेकाे छ । उक्त कार्यक्रममा बाल्दै सुर्खेत जिल्ला बारका अध्यक्ष नन्दबहादुर भण्डारीले स्थानीय तहको निर्वाचन स‌विधानमा तोकिएको मितिमा गर्नका लागि कोही पनि भाग्न नसक्ने बताउनुभयो । उहाँले तोकिएको समयमा निर्वाचन नभएमा यसले जटिलता निम्त्याउने भएकोले कानुन र संविधान बमोजिम नै समयमै निर्वाचन गर्नुपर्ने बताउनु भयो । साथै उहाँले जेठ ४ मा निर्वाचन गर्नका लागि ऐनकानुन नबाझिएको समेत प्रष्ट पार्नुभएकाे छ ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य टेकेन्द्रकुमार बस्नेतले स्थानीय तहको निर्वाचनका सन्दर्भमा सरकारलाई दबाब दिनका लागि गरिएको सडक बहस कार्यक्रमले तत्कालीन समयमा राजा ज्ञानेन्द्रका बिरूद्ध गरिएको सडक आन्दोलनको स्मरण गराएको बताउनुभयो । उहाँले सरकार र गठबन्धनका पछिल्ला गतिविधिले नेकपा एमालेले समयमा नै निर्वाचन गर्नका लागि गरेकाे अभियानमा अहिले सबै दलहरू सहमत भएकाे बताउनुभयो । लाेकतन्त्र र संविधानकाे रक्षाका लागि समयमा नै निर्वाचन गर्नुकाे विकल्प नरहेकाे समेत उहाँले जाेड दिनुभयाे ।

अधिवक्ताद्वय शेरबहादुर केसी र दुर्गाप्रसाद सापकोटाले संविधानले स्थानीय तह रिक्तताको परिकल्पना नगरेको बताए । संविधान र कानुनले स्थानीय तहलाई ५ वर्षको समयावधि दिएकाले यसको विकल्प सोच्नु भनेको संविधान बिरोधि हुने भएकाले समयमै निर्वाचन हुनुपर्नेमा उहाँहरुले जाेड दिनुभयाे। अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले आयाेजना गरेकाे कार्यक्रमकाे अध्यक्षता गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेशका सहसंयाेजक प्रेम खड्काले स‌ंविधान र लाेकतन्त्र रक्षाका लागि अनेरास्ववियुले जहिले पनि सडकबाट दबाब सिर्जना गर्ने बताए । उनले यदि समयमा नै सरकारले संविधानले ताेकेकाे समयमा निर्वाचन नताेकेमा आन्दाेलनका थप कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने जानकारी दिए । यसै गरी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज गगनसिंह ठकुरीले कार्यक्रम सञ्चालन गर्दै संविधान र लाेकतन्त्र रक्षाका  लागि विद्यार्थीले सरकारलाई दबाबमूलक कार्यक्रम गरेर सतर्क बनाउनु पर्दा लज्जित भएकाे बताए । संविधान र लाेकतन्त्रकाे कार्यान्वयनकाे पक्षमा विद्यार्थीहरुले कुशलतापूर्वक काम गर्नुपर्ने बताउदै कार्यक्रम सञ्चालक ठकुरीले कुनै पनि बाहनामा स्थानीय तहकाे निर्वाचन सार्ने काम विद्यार्थीका लागि सहन नसकिने बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका सुर्खेत जिल्ला उपसचिव घनश्याम पाण्डे विद्यार्थी नेताहरु प्रभात पाेखरेल, निकुञ्ज पाण्डे, चक्र शाही लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top