ट्रेण्डिङ

होमपेज / राजनीति

स्थानीय चुनावका लागि निर्वाचन आयोगले किन माग्यो १२ अर्ब?

अघिल्लो स्थानीय चुनावका लागि ८ अर्ब १४ करोड रूपैयाँ खर्च

बासु देब न्याैपाने २०७८ माघ १८ गते मंगलबार १९:१६:१६ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब खर्च आवश्यक पर्ने अनुमान गरेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा निर्वाचन आयोगले जेठ ४ गते एकै दिन निर्वाचन गर्नेसहितकाे ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो। 

यसै आर्थिक वर्षभित्र स्थानीय चुनाव हुने भएपछि अर्थ मन्त्रालयका अधिकारीहरू भने बजेट व्यवस्थापनको दबाबमा परेका छन् । सरकारसँग ७५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा करिब १२ अर्ब रुपैयाँ खर्च हुने आयोगका पदाधिकारीहरूले बताएका हुन् ।

आयोगले निर्वाचन खर्चको ३० प्रतिशत निर्वाचनमा खटिने जनशक्तिमा खर्च हुने दाबी गरेको छ । अघिल्लो स्थानीय चुनावका लागि ८ अर्ब १४ करोड रूपैयाँ खर्च भएको थियो ।‘२०७४ को निर्वाचनपछि करिब २० लाख मतदाता थपिएका छन् । अब सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुनेछ,’ आयोगले भनेको छ ।

त्यस्तै, २०७४ को निर्वाचनपछि करिब २० लाख मतदाता थपिएको आयोगको अनुमान छ ।साथै कोभिड–१९ को कारण स्वास्थ्य सुरक्षा मापदण्डका लागि समेत थप खर्च हुने आयोगको अनुमान छ ।डलरको मूल्य वृद्धिले गर्दा सामग्रीको मूल्य वृद्धि हुने भई थप बजेट आवश्यक हुने प्रस्तावमा जनाइएको छ ।

अहिले निर्वाचनमा प्रयोग हुने सामग्रीको मूल्य वृद्धि भएकाले खर्च बढ्ने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top