होमपेज / राजनीति
काठमाडौं । सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनुपर्ने आदेशविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
रिटमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी भएको भन्दै माघ ६ र पुस ३० गतेको निर्णय लागु नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।