ट्रेण्डिङ

होमपेज / राजनीति

स्थानीय चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए निर्वाचन आयोगका पदाधिकारीलाई

नेपालगाथा २०७८ माघ १८ गते मंगलबार १४:४२:३० मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् ।

देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् ।मंगलबार दिउँसो ३ बजेका लागि आयोगका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले बोलाएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ । 

स्थानीय तहका पदाधिकारीहरुको म्याद जेठ ५ गते सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने आयोगको भनाइ छ । आयोगले यसअघि वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको थियो । मंगलबारको छलफलपछि सरकारले स्थानीय तहको निर्वाचन मिति तोक्ने सम्भावना छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top