ट्रेण्डिङ

होमपेज / राजनीति

बाबुराम भट्टराईले भने-एमसीसी आलटाल नगरी संसद्बाट पारित गरौँ, यही बहानामा गठबन्धन नटुटोस्

नेपालगाथा २०७८ माघ १७ गते सोमबार १४:५६:४४ मा प्रकाशित

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्वीकार्नु पर्ने बताएका छन्।

भट्टराईले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी संसद्बाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।उनले एमसीसी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने र सबै दल एक भएर त्यसबारे जनतालाई बुझाउनुपर्ने बताएका हुन् ।

आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेमासमेत जोड दिएका छन्।“एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऊँ । यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्,” उनले लेखेका छन्, “यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् !’

प्रतिक्रिया

सम्बन्धित खवर

Top