होमपेज / राजनीति
काठमाडौं । एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।
देउवा र प्रचण्डबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा स्थानीय तहको निर्वाचन, एमसीसीलगायत समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।स्थानीय तहको निर्वाचनमा मिलेर जाने विषयमा सत्तारुढ गठबन्धनभित्र एक मत छ ।तर, कांग्रेसकै केही शीर्ष नेताहरूले कांग्रेसले चुनावमा कसैसँग गठबन्धन नगर्ने बताउँदै आएका छन् ।
दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् । एमसीसीको विषयमा गठबन्धनमा विवाद नभएको र यसले गठबन्धन तलमाथि नहुने नेताहरूले बताएका छन् ।