ट्रेण्डिङ

होमपेज / राजनीति

योजनाबद्ध रूपमा अलग्याउने प्रयास भयो :कमल थापा

नेपालगाथा २०७८ माघ १६ गते आइतबार १८:४०:४० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पूर्व अध्यक्ष कमल थापाले आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै यसले पार्टीलाई दुर्घटनामा लैजाने चेतावनी दिएका छन् ।

आफूलाई योजनाबद्ध रूपमा पार्टीबाट अलग्याउने प्रयास भएको बन्दै थापाले अध्यक्षलाई पत्र लेखेर ध्यानकर्षण गराएका हुन् ।१६ माघमा अध्यक्ष लिङ्देनलाई लेखेको पत्रमा थापाले लिङ्देनमाथि तीनवटा आरोप लगाएका छन् । एक, पार्टीमा एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यताविपरीत केन्द्रीय सदस्य मनोनित गरेको । दुई, राष्ट्रियसभा निर्वाचनमा  हचुवा नीति अपनाएको । तीन, स्थानीय तह निर्वाचन तयारीमा सुस्तता देखिएको ।

थापाले भनेका छन्– मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसवारे आबश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top