ट्रेण्डिङ

होमपेज / राजनीति

ऐन-कानून परिवर्तन गरेर निर्वाचन सार्न हुन्न:शेखर कोइराला

नेपालगाथा २०७८ माघ १६ गते आइतबार १६:१९:५९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिएका हुन् ।

उनले भने, ‘ऐन-कानून परिवर्तन गरेर निर्वाचन सार्न हुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top