ट्रेण्डिङ

होमपेज / राजनीति

चुनावसँग हामी आत्तिएका छैनौँ ,चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ:माधव नेपाल

नेपालगाथा २०७८ माघ १५ गते शनिबार १४:३८:१३ मा प्रकाशित

 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आफूहरु चुनावसँग नडराएको बताए ।

‘चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । असारमा गर्ने हो भने सामना गर्न तयार छौँ । असोजमा गर्ने हो भने सामना गर्न तयार छौँ,' नेपालले भने, 'स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ ।'अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही मितिमा चुनावमा जान आफूहरु तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top