होमपेज / राजनीति
काठमाडौं । ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ओली सरकारले बेलायतका लागि राजदून नियुक्त गरेका लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर देउवा सरकारले आचार्यको नाम सिफारिस गरेको थियो । संसदीय विशेष सुनुवाइ समितिले सरकारको सिफारिसलाई अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।