होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सत्तारुढ दलका शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।
प्रचण्डको सचिवलायका अनुसार भेटमा राष्ट्रियसभा निर्वाचनको समीक्षा भएको छ । त्यस्तै स्थानीय तह निर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ ।
आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ ।निर्वाचनबारे गठबन्धनमा लामो समयदेखि छलफल भइरहे पनि निष्कर्ष निस्किएको छैन ।