ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतगणना जारी

नेपालगाथा २०७८ माघ १२ गते बुधबार १७:२६:११ मा प्रकाशित

काठमाडौं ।कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । 

 प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सुर्खेतस्थित दुईवटा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार  विहान ९ बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा स्थानीय तहका १ सय ५६ मध्ये १ सय ५५ र ३५ जना प्रदेशसभा सदस्य मध्ये ३४ जनाले मतदान गरेका छन।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही लगायतले मतदान गरिसकेका छन् । तीन सिटका नेकपा एमालेबाट तीन जना र गठबन्धनबाट तीनजना गरि ६ जनाको उम्मेदवारी परेको छ ।प्रदेश सभा सदस्य १ जना र पालिकाका उपप्रमुख १ जना मतदानमा अनुपस्थित भएका छन।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) अपाङ्ग, नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत) महिला, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) अन्यबाट उम्मेदवार रहेका छन् भने, नेकपा एमालेबाट चुडामणी शर्मा (सुर्खेत) अपाङ्ग, पदबहादुर माझी (दैलेख) अन्य र गंगा थापा महत (जुम्ला) महिलाबाट राष्ट्रियसभा पदका लागि उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top