ट्रेण्डिङ

होमपेज / राजनीति

हामीलाई आशा छ- सबै पदमा गठबन्धनले जित्छ र त्यसले तरंग पैदा गर्छ:माधव नेपाल

नेपालगाथा २०७८ माघ १२ गते बुधबार १५:२६:५८ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताए।‘आज राष्ट्रिय सभा चुनाव भइरहेको छ। गठबन्धनबाट उम्मेदवार छन्। हाम्रो पार्टीकै ५ जना उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘हामीलाई आशा छ- सबै पदमा गठबन्धनले जित्छ र त्यसले तरंग पैदा गर्छ।’

संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top