होमपेज / राजनीति
काठमाडाैं । नोबेल मेडिकल र काठमाडौं मेडिकल कलेज लगायत मेडिकल कलेजहरुमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति विद्यार्थी संगठनले अपिल जारी गरेको छ ।
केएमसी र नोबेल कलेजका सञ्चालक सुनील शर्मालाई कारबाही गर्न माग गर्दै ८ विद्यार्थी संगठनले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुुझाएका छन् ।नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई भेटेर शर्मालाई कारबाही गर्न माग गरेका हुन् ।
मंगलबार संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तीमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागि अपिल गरेको हो ।