होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी शासन लादेको भन्दै शेखर समूहले असन्तुष्टि पोखेको छ । नेता शेखर कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायत सहभागी थिए । छलफलले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष निकालेका थिए ।
बैठकबाट समूहले निर्वाचनजस्तो राष्ट्रिय महत्वको विषय पार्टीको केन्द्रीय समितिमा छलफल नभइ गठबन्धनका नेताहरूमाझ मात्र सभापतिले सीमित गर्नु बिडम्वना भएको भन्दै पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापहरूमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने माग राखेको छ ।
‘पार्टीभित्र छलफल नगर्ने तर गठबन्धनका नाममा नेताको अनुकुल हुनेगरी प्रस्तुत हुने कुराको औचित्य छैन । संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य हुँदैन’, बैठकमा शेखरले भने ।