होमपेज / राजनीति
काठमाडौं । भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफूले कुनै किसिमको हिंसात्मक अभिव्यक्ति नदिएको जिकिर गरेकी छन् । ५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले सीके राउतप्रति लक्षित हुँदै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।
उनले आफ्नो अभिव्यक्तिलाई सामान्यरूपमा लिइदिन अनुरोधसमेत गरेकी छन् । मन्त्री यादवले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बलिदान दिवसका अवसरमा आफूले गौरमा भएको श्रद्धान्जली सभामा कसैलाई लक्षित गरेर नबोलेको दाबी गरेकी छन् ।'शान्तिपूर्ण विधि र प्रक्रियाबाट राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसै-कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेकी छन् ।
मन्त्री यादवको सो अभिव्यक्तिपछि उनलाई मन्त्रीबाट हटाउन दबाब बढिरहेका बेला यो वक्तव्य आएको हो ।