होमपेज / राजनीति
काठमाडौं । अतिरिक्त शुल्क लिएको विरोधमा प्रदर्शनमा उत्रेका काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् ।विद्यार्थीहरूले टायर बालेर उग्रता देखाएपछि प्रहरीले उनीहरूलाई लखेटेकाे छ ।
संयुक्त विद्यार्थीका तर्फबाट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले उनले भने, ‘एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको छ। अनि छात्राबासलाई निवार्य बनाई नियमविपरीत चर्को मूल्य लिन खोज्नु विद्यार्थी र अभिभावकलाई लुट्ने प्रयास हो।’