होमपेज / राजनीति
काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तरगत मौन अवधि सुरु भएको छ ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ ।
आज मध्यरातिबाट मौन अवधि सुरु हुनेछ ।मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाईने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आफ्नो निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक र भाइबर जस्ता विद्युतिय माध्यमबाट मत माग्न र प्रचार गर्न नपाईने आयोगले जनाएको छ ।
साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।