होमपेज / राजनीति
काठमाडौँ । प्रदेश २ को नाम 'मधेस प्रदेश' फिर्ता लिन माग गर्दै जनकपुरधामका स्थानीय युवाहरूले मंगलवार प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।स्थानीय सुशील कर्णको नेतृत्वमा यूवाले विरोध प्रदर्शन गरेका हुन् ।आन्दोलनकर्मी सुशील कर्णले भने, ‘प्रदेश २ को नाम मधेस प्रदेश राखेर २२ जिल्लाको मधेस खुम्च्याइएको छ । भौगोलिक आधारमा होइन, मिथिला भोजपुरा पहिचान सहितको नामाकरण गर्नुपर्छ ।’
प्रदेशसभा गठन भएको चार वर्षपछि सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको हो ।