ट्रेण्डिङ

होमपेज / राजनीति

पशुपति धर्मशालाबाट पनि बतास समूहलाई हटाउने तयारी

सम्झौता रद्द गर्न सिफारिस

नेपालगाथा २०७८ माघ ३ गते सोमबार १७:१२:१२ मा प्रकाशित

काठमाडौं । पशुपति धर्मशालाबाट पनि बतास समूहलाई हटाउने तयारी गरिएको छ ।

धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रीको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले  गठन गरेको छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बन्धी छानबिन समितिका संयोजक नारायणप्रसाद सुवेदी नेतृत्वको समितिले दिएको प्रतिवेदनमा सम्झौता भंग गर्न सुझाव दिइएको छ ।चार बुँदामा निष्कर्ष दिँदै समितिले भनेको छ, “नेपाल भारतमैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति बिना गरिएको देखियो । बोलपत्र आह्वान गर्दा प्रतिष्पर्धीलाई सीमित गर्न कुनै फर्मलाई मात्र प्रतिष्पर्धा गर्नेगरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिँदा मिलेमतो भएको हुन सक्ने देखिएको । कोष र होटल आनन्द प्रालिबीच धर्मशाला भाडामा दिँदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पु¥याउने कर्मचारीलाई अनधिकृत सम्झौता कानुन सम्ममत भनी छापा तथा विद्युतीय माध्यममा पैवाह गर्ने तत्कालीन पदाधिकारी समेतलाई कारवाही गर्नुपर्ने देखिएको ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top