होमपेज / राजनीति
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने धारणा राखेको छ ।
आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।बैठकमा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन सम्पन्न गर्नका लागि १२० दिन आवश्यक पर्ने भन्दै माघको पहिलो हप्तामा मिति घोषणा हुनुपर्ने बताएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचन गराउने प्रकृया सुरु गरिसकेको छ । जसअनुसार मतदाता नामावली संकलन गर्ने काम सम्पन्न भएको छ ।