ट्रेण्डिङ

होमपेज / राजनीति

ललिता निवास प्रकरण:अनुसन्धान प्रतिवेदन सीआईबीमै फर्काउने तयारी

दोषी उम्काउन खाेजिएकाे हाे?

बासु देब न्याैपाने २०७८ पौष २६ गते सोमबार १५:४७:३२ मा प्रकाशित

काठमाडौं ।  ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नै फर्काउने तयारी जिल्ला सरकारी वकिल काठमाडौंले गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारिएको भन्दै कीर्तेको आरोपमा मुद्दा चलाउन रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

किर्ते मुद्दा चलाउने भनेर ४ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाइएको थियाे।सरकारी वकिल कार्यालयले अनुसन्धान पर्याप्त नभएको निष्कर्ष निकालेकाे छ।सो मुद्दामा आवश्यक प्रमाण जुटाउन नसकेको र कुन व्यक्तिले किर्ते गरेको भन्ने आधारबिनै हचुवा प्रतिवेदन पेस गरेपछि सरकारी वकिलले थप अनुसन्धानका लागि सीआईबीलाई फर्काउन लागेको हो ।

 बालुवाटारस्थित प्रधानमन्त्री निवासको मुखैमा रहेको ललिता निवासको सरकारी जग्गा किर्ते गरेर बेच्ने को–को हुन् ? भन्ने अनुसन्धान गर्ने जिम्मेवारी सीआइबीले २०७६ साल पुसमा पाएको थियो । यो सरकारी जग्गा हडप्ने भुमाफिया माथिको सबैभन्दा ठुलो मुद्दा हुनेछ ।

अख्तियारले दोषीलाई कारबाही गर्दै जग्गा जफत गरी सरकारको नाममा ल्याउने प्रयोजनका लागि उक्त मुद्दा दायर गरेको थियो । २०२३ सालदेखि सरकारी जग्गामा भएको गडबड र घोटालाको फेहरिस्त खोज्दै ललिता निवास प्रकरणमा जोडिएका ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरेको थियो ।

विसं २०७५ को मन्त्रिपरिषद् बेठकको निर्णयअनुसार उक्त मुद्दा सीआईवी र अख्तियारले हेरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top