ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो

नेपालगाथा २०७८ पौष २६ गते सोमबार १५:४०:२९ मा प्रकाशित

काठमाडौं। पुस २८ गतेका लागि तोकिएको प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ। संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर पुस २८ गते बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारिएको जानकारी दिएको छ। सचिवालयले निकालेको सूचनामा भनिएको छ, ‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननिय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top