ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका केपी शर्मा ओलीलाई भेट्ने

नेपालगाथा २०७८ पौष २३ गते शुक्रबार १६:०७:५२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका लागि विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

अदालतमा विचाराधीन मुद्दामा संसद् अवरोध नगर्न आग्रह गर्न उनीहरु दुवै ओली निवास बालकोट जान लागेका हुन् ।उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्यका लागि दुवै नेताहरु ओली निवास पुगेर आग्रह गर्ने बताए ।

 प्रधानमन्त्रीले ओलीलाई भेटेपछि पाँचदलीय समन्वय समितिको बैठक बस्नेछ र संसद कसरी चलाउने भनेर छलफल गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top