ट्रेण्डिङ

होमपेज / राजनीति

अहिलेको सरकार सरकारमा बस्न नै सुहाउँदैन: ओली

नेपालगाथा २०७८ पौष २३ गते शुक्रबार १५:०२:०५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सरकारमा बस्न नै सुहाउने खालको नभएको बताएका छन्।

ओलीले आफूहरुले सरकार सञ्चालन गर्दा घेराबन्दीमा पारिएको बताएका छन् ।

उनले जिल्ला अधिवेशनको संयुक्त उद्घाटन गर्दै यस्तो बताएका हुन् । भर्चुअल सम्बोधनमार्फत उनले भने, “आज पाँचतिर फर्किएका पाँचभाइ छन् तर नागरिकको ज्यान जाँदा बोल्न सक्दैनन् । त्यसबेला हामी घेराबन्दीमा परेकै हौँ । अदालतले पनि के कारणले हो प्रतिपक्षले मागेको आदेश दिने ?”

अध्यक्ष ओलीले एमाले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्न र जित्न सक्षम रहेको बताए । ओलीले प्रचण्ड-माधव समूह गठबन्धनबिना बाँच्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top