होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताएका छन् । तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनको दाबी छ ।
राष्ट्रिय सभा चुनावमा अहिलेको जनमत प्रतिनिधित्व नहुने भन्दै उनले अगाडि भने, 'राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ । त्यो आजको जनमत होइन । त्यो यथार्थ जनमत होइन ।' आजभन्दा ४ वर्षअघि व्यवस्थापनका नाममा विभिन्न पक्षमा सिट बाँडफाँड गरेकाले आफ्ना निम्ति अनुकूल नतिजा नआउने ओलीले बताएका हुन् ।
राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।