ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाको आउँदो आइतबारदेखि हुने भनिएको भारत भ्रमण रद्द

नेपालगाथा २०७८ पौष २२ गते बिहीबार १७:५०:३१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आउँदो आइतबारदेखि हुने भनिएको भारत भ्रमण रद्द भएको छ ।

देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट नै कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण स्थगित भएपछि देउवाको भ्रमण रद्द भएको हो ।पाँचौँपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जान लागेका थिए । 

जनवरी १० देखि १२ तारिखसम्म भारतको गुजरातमा हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ जाने तय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top