ट्रेण्डिङ

होमपेज / राजनीति

नारायणहिटीमा रेस्टुरेन्ट निर्माणको काम रोक्ने सरकारकाे निर्णय

नेपालगाथा २०७८ पौष २० गते मंगलबार १७:१५:३३ मा प्रकाशित

काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ ।

उक्त निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचारले विवाद सिर्जना गरेको भन्दै सरकारले निर्माण कार्य रोकेको हो ।समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न भनिएको जानकारी दिए ।

‘सञ्चारमाध्यमहरूमा आएका समाचारका कारण विवाद सिर्जना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ समितिले बी. म्यानेजमेन्टलाई लेखेको पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top