होमपेज / राजनीति
धनगढी । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।
धनगढीस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरिएको हो । ठबन्धनबाट नेपाली काँग्रेसका नारायण दत्त मिश्र, नेकपा माओवादी केन्द्रका जगत पार्की र नेकपा एकीकृत समाजवादीबाट गरिमा शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।