होमपेज / राजनीति
पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्तारूढ गठबन्धनका तर्फबाट तीनजनाले उमेदवारी दर्ता गराएका छन् ।
माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ताको कार्यसूची थियो । गठबन्धनका यी तीन उमेदवारले अन्तिम समयमा आएर उमेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेका ३ जना उम्मेदवारले मंगलबार ११ बजे नै मनोनयन दर्ता गराएका थिए ।