होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि उमेदवारको टुंगो लगाएको छ ।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । कांग्रेसले प्रदेश नम्बर–१ मा गोपालकुमार बस्नेतलाई उमेदवार बनाउने निर्णय गरेको छ भने वाग्मती प्रदेशमा कृष्णप्रसाद पौडेललाई उमेदवार बनाउने निर्णएय गरेको छ ।
गण्डकीबाट पन्त, लुम्बिनीबाट शर्मा, कर्णालीबाट गुरुङ र सुदूरपश्चिमबाट मिश्रलाई अघि सार्ने भएको हो ।कांग्रेसले गठबन्धनको बाँडफाँडमा उमेदवारीको भागबण्डा तय भएको भन्दै गठबन्धनका उमेदवारलाई मतदान गर्न आह्वानसमेत गरेको छ ।