ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डको प्रतिवेदनले जमिनमा खुट्टा टेकेको छैन-लेखनाथ न्यौपाने

नेपालगाथा २०७८ पौष १५ गते बिहीबार १५:५२:१३ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनले ‘जमिनमा खुट्टा नटेकेको’ टिप्प्णी गरेका छन् । 

 न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् ।“यो प्रतिवेदन माथि–माथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन । जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ ।  त्यसैगरी, तीव्र रुपमा भइरहेको आन्तरिक बसाइँसराइ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीहरुको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाहरुको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरिबीको रेखामुनि (२३ प्रतिशत) र गरिबीको रेखामुनि (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्षविना न प्रतिवेदन जमिनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’लाई सही सिद्ध गर्न सकिन्छ,” फरक मतमा भनिएको छ ।

नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको, तर हामी भन्ने एक ठाउँमा मात्र उल्लेख भएको स्मरण गराउँदै उनले भनेका छन्, ‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ ।’

न्यौपानले प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको औँल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top