ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ :अध्यक्ष यादव

नेपालगाथा २०७८ पौष १४ गते बुधबार १५:४३:११ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पार्टीको नवलपरासीबर्दघाट सुस्ता पश्चिमद्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“ पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ ।

यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top