ट्रेण्डिङ

होमपेज / राजनीति

पर्यटन बोर्डमा अख्तियार पस्यो

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई अख्तियारले माग्याे स्पष्टीकरण

नेपालगाथा २०७८ पौष १४ गते बुधबार १५:०१:४६ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितताको आरोपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई स्पष्टीकरण सोधेको छ ।

विवादमा तानिए पछि निलम्बित रेग्मीमाथि छानबिन गर्न पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति बनाइएको छ ।रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले केही योजनासँग सम्बन्धित कागजात तत्काल पठाउन भनेको स्रोतले बतायो ।

बोर्ड स्रोतका अनुसार सीईओ रेग्मीलाई त्रिभुवन विश्वविद्यालयको भूगोल विभागलाई दिएको ५ करोड रुपैयाँको कार्यक्रम, सीईओको कार्यकक्ष मर्मतसम्भारमा भएको अनियमिततालगायतका विषयमा स्पष्टीकरण सोधेको छ ।

२०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त भएका रेग्मी दुई वर्ष कार्यकाल बाँकी छँदै बेलायतबाट फर्कँदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारीमाथि हातपात गरेको भिडिओ सार्वजनिक भएपछि झन् विवादमा तानिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top