ट्रेण्डिङ

होमपेज / राजनीति

केन्द्रीय सुरक्षा समितिको बैठक अपरान्ह ३ बजे शुरु हुने

नेपालगाथा २०७८ पौष ११ गते आइतबार १४:०१:४५ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले जनाएको छ । गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ। बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top