होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो पुनः बस्ने भएको छ । आज बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज प्रस्तुत गरेका छन् ।
शुक्रबार बिहान बसेको बैठकमा प्रचण्डले संक्षिप्तरूपमा प्रतिवेदन वाचन गरेर पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदनमाथि दिउँसो तीन बजे बसेर पुनः छलफल हुनेछ ।