होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेकाे हो ।
राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुँदैछ ।प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।
पुस ११–१३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन अघि तयारीस्वरुप बैठक बसेको हो ।