ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित

नेपालगाथा २०७८ पौष ९ गते शुक्रबार ११:०९:२२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षका यादव ९९६ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।

सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top