होमपेज / राजनीति
काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायपालिकाको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
उनले प्रतिपक्षी दलसँग वा सर्वदलीय बैठक बसेर भए पनि संकट समाधानका लागि भूमिका खेल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दैै नेपाल बार एशोसिएसनले दुई महिना भन्दा अघिदेखि आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेको पेशी बहिस्कार गर्दै आएका थिए र मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्न थालिएको छ । न्याय क्षेत्रका विभिन्न संस्था र व्यक्तिहरुले प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गरेका छन् ।
'न्यायालयमा सेवाग्राहीले सेवा नपाएको गुनासो हामीले दिनहुँ सुनिसरहेक छौं । आज प्रधानन्यायाधीशमाथि जे कुरा उठेको छ । संसद् बैठक चलिरहेको छैन । यसमा सरकारले विशेष चासो दिनुपर्छ । असहमतिबीच सहमति खोजेर वा प्रतिपक्षीसँग बसेर वा सर्वदलीय बैठक बसेर भए पनि निकास दिनुपर्छ,' महान्यायाधिवक्ता खातीले भने ।