ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने-एमसीसीकै कारण गठबन्धन टुट्दैन

नेपालगाथा २०७८ पौष ८ गते बिहीबार १५:०१:२७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण पाँच दलीय गठबन्धन नटुट्ने बताएका छन् । 

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताएका हुन् । उनले एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  अनावश्यक दबाब नदिने पनि बताए ।

‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन’ उनले भने ।

प्रचण्डले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनपछि एमसीसीका विषयमा छलफल हुने पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top