होमपेज / राजनीति
जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश नम्बर–२ मा मतदान सुरु भएको छ ।
बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकोले आज मतदान सुरु गरिएको हो ।निर्वाचन समितिले बुधबार नै मतदान गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । तर, मतपत्र छपाइलगायत तयारी पूरा नहुँदा आजका लागि सारिएको हो ।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।