होमपेज / राजनीति
जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश-२ को पहिलो अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ ।निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दिएका छन् । सभापतिमा रामसरोज यादव र कृष्णा राय यादवले उम्मेदवारी दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका रामसरोज नेता विमलेन्द्र निधी निकट हुन् भने कृष्णा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।
दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।