ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीका चर्चित नेता गुप्तासहित हजाराैं नेता–कार्यकर्ता एमालेमा प्रवेश

गुप्ता समूहकाे प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्ति

नेपालगाथा २०७८ पौष ६ गते मंगलबार १६:२६:३२ मा प्रकाशित

कपिलवस्तु । माओवादीमा रहेका कपिलवस्तुका चर्चित नेता मंगलप्रसाद गुप्ता आफ्नो ठूलो समूहसहित नेकपा (एमाले)मा प्रवेश गरेको छन् । कपिलवस्तुको बहादुगञ्जमा आज आयोजित एक विषेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् । गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्दै खादा र अविर लगाएका छन् ।

नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय छ । गुप्ता समूहकाे प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ । एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेतारकार्यकर्तालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । कार्यक्रममा अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तु पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top