होमपेज / राजनीति
काठमाडौं । उद्योगपति विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मधेसको आरक्षण कोटाबाट चौधरी केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।चौधरी २२ सय ६ मत ल्याएर केन्द्रीय सदस्य बनेका हुन् ।
सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन्।चन्द्रमोहन यादव पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा हुन् ।
यस्तै, महेन्द्रकुमार राय १९८४ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।