होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ ।
दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लागिएको हो ।
आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ । “नयाँ घटनाक्रम विकास नभएकाले हामी पूर्ववत रुपमा अगाडि बढ्ने छौँ,” नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, “घटनाक्रम पुरानै भएकाले हामी आजको बैठकमा पनि पूर्ववत रुपमा प्रस्तुत् हुने छौं ।”
संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरिसकेको छ ।
