होमपेज / राजनीति
काठमाडौं । सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ ।मंगलबारको प्रतिनिधि सभा बैठक अघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको हो ।
प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने बताइएको छ ।